चितवन– २ मा अग्रता बढाउँदै रवि लामिछाने

रवि लामिछानले १ हजार ४९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेले १ हजार १३३ मतसहित पछ्याइरहेका छन्।

काठमाडौँ– उपनिर्वाचनअन्तर्गत चितवन–२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन्।

पछिल्लो मत परिणामअनुसार उनले १ हजार ४९२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मदेवार रामप्रसाद न्यौपानेले १ हजार १३३ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै, जितनारायण श्रेष्ठका ७९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। अहिले चितवन–२ अन्तर्गत इच्छाकामना गाउँपालिकाको मत गणना जारी छ। यहाँ कुल ९ हजार ४४४ मत खसेको थियो।