तीनवटा समितिको सभापति एमालेले लिने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
काठमाडौँ– प्रतिनिधिसभाका विषयगत समितिमा दलहरूबीच भागबन्डा मिलेको छ। सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेता र प्रमुख सचेतकहरूको संयुक्त बैठकमा संसदीय समितिमा भागबन्डाको विषय टुंगो लागेको हो।
एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार सोमबार भएको छलफलमा एमालेले तीनवटा समितिको सभापति लिने सहमति भएको छ। उनका अनुसार दुई वटा संयुक्त समितिमध्ये संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले लिने छ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ।
त्यस्तै, प्रतिनिधिसभाका अन्य १० वटा विषयगत समितिमध्ये नेकपा एमालेले सार्वजनिक लेखा समितिसहित अर्को एउटा समितिको सभापति लिने सहमति भएको छ। यस्तै, शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक सोझै संसद्बाट पारित गर्ने सहमतिसमेत भएको छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न विशेष समिति गठन गर्ने सहमति पनि भएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐनको संशोधन विधेयकमाथि छलफल गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
