घोषणापत्र सार्वजनिक गर्दै एमाले

एमालेले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ। दिउँसो १ः३० बजे होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नेछन्।

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मंगलबार (आज) चुनावी घोषणापत्र गर्दैछ।

दिउँसो साढे एक बजे होटेल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन्। 

घोषणापत्र सार्वजनिक गरेसँगै अध्यक्ष ओलीले लाइभ डिबेट समेत गर्नेछन्। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।