चितवनमा रवि लामिछाने ३२ हजारभन्दा बढी मतले अगाडि

लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ४५६ मत प्राप्त गरेका छन्। 

काठमाडौँ– चितवन–२ मा रास्वपाका रवि लामिछानेले ३२ हजारभन्दा बढी मतको अग्रता लिएका छन्।

पछिल्लो परिणामअनुसार लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ४५६ मत प्राप्त गरेका छन्। एमाले रामप्रसाद न्यौपाने सात हजार २६८ मतसहित तेस्रो स्थानमा छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार भएको मतदानमा यहाँ ७८ हजार २७७ मत खसेको थियो।