१७ हजार ६०४ मत गन्न बाँकी हुँदा लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठको सात हजार ९५२ मत छ।
काठमाडौँ– चितवन–२ मा रास्वपाका रवि लामिछानेको जित निश्चित भएको छ।
हालसम्म ६० हजार ६७३ मत गणना भइसक्दा लामिछानेले ४३ हजार १०१ मत प्राप्त गरेका छन्।
अब गणना हुन बाँकी मत १७ हजार ६०४ मात्रै छ। यहाँ ७८ हजार २७७ मत खसेको थियो। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ९५२ मत प्राप्त गरेका छन्।
लामिछाने र श्रेष्ठले प्राप्त गरेको मतको अन्तर ३५ हजार १४९ छ। त्यसैले गणना नसकिँदै लामिछाने निर्वाचित हुने निश्चित भएको हो।
तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपाने सात हजार ७८७ मत प्राप्त गरेका छन्।
उपनिर्वाचनअन्तर्गत तनहुँ–१ बाट रास्वपाकै स्वर्णिम वाग्ले पनि विजयी भइसकेका छन्।
बारा–२ मा जसपाका उपेन्द्र यादवको अग्रता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
