आठ हजार ३८ मत गन्न बाँकी हुँदा लामिछानेले ५० हजार २९ मत पाएका छन्। मंसिरमा भएको निर्वाचनमा उनले ४९ हजार २९६ मत ल्याएका थिए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५० हजार मत कटाएका छन्।
चितवन–२ भएको उपनिर्वाचनअन्तर्गत जारी मतगणनामा लामिछानेले ५० हजार २९ मत पाएका छन्।
यो मत मंसिरमा सम्पन्न निर्वाचनमा उनैले पाएकोभन्दा बढी हो। उक्त निर्वाचनमा ८४ हजार ३१५ मत खसेकामा उनले ४९ हजार २९६ मत ल्याएका थिए।
यसपटक चितवन–२ मा ७८ हजार २७७ मत खसेको छ। हालसम्म ७० हजार २३९ मतगणना भइसकेको छ। यस्तै कांग्रेसका जीतनारायण श्रेष्ठ नौ हजार १६५ मत ल्याएर दोस्रो स्थानमा छन्।
लामिछाने र श्रेष्ठबीचको मतान्तर ४० हजार ८६४ छ। यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेको आठ हजार ८७७ मत छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
