यसअघिका युद्धविराम अर्धसैनिक बलले उल्लंघन गरिरहेकाले यसपटक पनि पूर्ण कार्यान्वयन हुनेमा केहीले शंका गरेका छन्।
सुडानमा सेना र अर्धसैनिक बल (आरएसएफ)बीच ७२ घण्टे युद्धविराम गर्ने सहमति भएको छ। युद्धविराम स्थानीय समयानुसार सोमबार राती १० बजेबाट लागू भएको छ।
सत्तासंघर्षमा उत्रिएका दुईपक्षबीच ११ दिनयता जारी भिडन्त ७२ घण्टाका लागि स्थगित गर्ने सहमति भएको हो। विभिन्न देशले सुडानमा रहेका आफ्ना कूटनीतिज्ञ र नागरिकको उद्धारलाई निरन्तरता दिएसँगै अस्थायी युद्धविरामका लागि सहमति जुटेको हो।
यद्यपि, यसअघिका युद्धविराम अर्धसैनिक बलले उल्लंघन गरिरहेकाले हालैको युद्धविरामको पूर्ण कार्यान्वयन हुनेमा केहीले शंका गरेका छन्। यता, अमेरिकाले दुवै पक्षलाई युद्धविरामको तत्काल र पूर्ण पालना गर्न आग्रह गरेको छ।
सुडानको दुईपक्षीय लडाइँ रोक्न अमेरिकाले सुडानका सरोकारवाला, क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले भनेको अल जजिराले जनाएको छ। अप्रिल १५ देखि जारी भिडन्तमा हालसम्म ४२७ जनाको मृत्यु भएको छ। कैयौँ मानिस घाइते छन्।
राजधानी खार्तुममा लाखौँ मानिस घरभित्रै थुनिएका छन्। खाद्यान्न र खानेपानीको अभावले स्थिति तनावपूर्ण बनिरहेको बताइएको छ। यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलेले सुडानमा जारी हिंसा रेड सी, होर्न अफ अफ्रिका र साहेल क्षेत्रमा एक भयानक आगलागीझैँ फैलिएको र सबैतिर प्रभाव पार्नसक्ने बताएका छन्।
साथै, गुटरेसले सुडानमा संक्रमणकाललाई प्रजातान्त्रिक मार्गबाट समाधान गर्न राष्ट्रसंघीय निकाय सुरक्षा परिषद्समक्ष आग्रह समेत गरेका छन्।
“सुडानलाई तनावपूर्ण स्थितिबाट बाहिर ल्यानउन हामी सबैले सम्पूर्ण शक्ति लगाउनुपर्छ। यस भनायक समयमा हामी सुडानी जनताको साथमा छौँ”, गुटरेसले भने।
सुडानबारे छलफलका लागि मंगलबार सुरक्षा परिषद्को बैठक बस्दै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
