रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४२ हजार ९६२ मतले पछि पारे।
काठमाडौँ– चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः विजयी भएका छन्।
मंगलबार सकिएको मतगणनामा ५४ हजार १७६ मत प्राप्त गर्दै लामिछाने विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४२ हजार ९६२ मतले पछि पारे।
श्रेष्ठले ११ हजार २१४ मत पाए । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मतसहित तेस्रो भए। चितवन–२ मा यसपटक ७८ हजार २ सय ७७ मत खसेको थियो ।
लामिछाने मंसिर ४ गते भएको निर्वाचनमा ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए। कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए।
अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढाएका छन्। कांग्रेस र एमालेले भने पहिलेकै मतसमेत जोगाउन सकेनन्।
नागरिकता प्रकरणमा अदालतको फैसलाबाट लामिछाने पदमुक्त भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
