ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

सभामुख देवराज घिमिरले मंगलबार श्रेष्ठको सांसद पद रिक्त हुने निर्णय गरेका हुन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ।

सभामुख देवराज घिमिरले मंगलबार सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय गरेका हुन्। श्रेष्ठको सांसद पद रिक्त भएको सूचना मंगलबारको प्रतिनिधिसभा बैठकमा सुनाइने सभामुखको सचिवालयले जानकारी दिएको छ।

व्यावसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद पदबाट हटाउन संसद् सचिवालयमा पत्राचार गरेको थियो। 

त्यसपछि सभामुख घिमिरेले श्रेष्ठको सांसद पद रिक्त हुने निर्णय गरेका हुन्। श्रेष्ठ रास्वपामा समानुपातिकतर्फबाट सांसद चुनिएका थिए। यस्तै, उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ।

सभामुखले संसद्‌मा जानकारी गराएपछि निर्वाचन आयोगले कंशाकारलाई सांसद नियुक्तको प्रक्रिया थाल्ने बताइएकाे छ।