एमाले सांसद रघुजी पन्तले सांसदहरूले पटक पटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे संसद्मा जानकारी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरे।
काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन दुर्लभ भएको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री दाहालको संसद्मा अनुहार हेर्न पनि दुर्लभ भएको बताएका हुन्। उनले भारत भ्रमणबारे संसद्लाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना गरे।
सांसदहरूले पटक पटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले आफ्नो भारतबारे संसद्मा एक शब्द पनि नबोलेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। “संसद्भित्र हामीले पटक पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आएर आफ्नो भारत भ्रमणबारे एक शब्द भन्नु भएको छैन। प्रधानमन्त्रीको त अनुहार हेर्न, दर्शन पाउन दुर्लभ भइसक्यो। त्यसैले यो महत्त्वपूर्ण विषयको बारेमा संसद्भित्र छलफल होस्,” उनले भने।
सांसद पन्तले भारतसँगको सम्बन्ध नेपालका लागि महत्त्वपूर्ण हुने उल्लेख गदै उनले प्रधानमन्त्री दाहालको सो भ्रमण सफल रहोस् भनी कामना गरे। उनले भारतसँगको नेपालको सम्बन्ध अझै सुमधुर र सुदृढ हुनुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
