फेस्टिभलका ‘वर्ष फोटो’ विजेता मुगुका पत्रकार राजबहादुर शाहीलाई नगद २५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो।
काठमाडौँ– मुगुका पत्रकार राजबहादुर शाहीले खिचेको तस्वीरले तेस्रो नेपालगन्ज फोटो फेस्टिभल ‘वर्ष फोटो’को उपाधि जितेको छ। अन्तरालको आयोजना र व्यवस्थापनमा शुक्रबारदेखि दुई दिनसम्म चलेको फेस्टिभल विजेताहरूलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ।
फेस्टिभलका ‘वर्ष फोटो’ विजेता शाहीलाई नगद २५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो। त्यस्तै, खेलकुद विधाका विजेता सत्यम जोशी, पर्यटन विधाका विजेता सिर्जना ओली, संस्कृतितर्फका विजेता बबी साई, प्रकृति र संरक्षण तर्फका विजेता श्रीराम खत्री, दैनिक जीवनतर्फ मनोज पौडेल, कृषितर्फ राजबहादुर शाही, नेपाल स्माइल र समाचार विधाका विजेता अंगद ढकाललाई नगद जनही ५ हजार र प्रमाणपत्र प्रदान गरियो।
फेस्टिभलका विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, राखेप सदस्य अन्जन धमला, केलएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेड, आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, फेस्टिभल निर्णायक टिमका संयोजक विकास कार्की र रमेश मल्लले पुरस्कृत गरेका थिए।
समापन समारोहका प्रमुख अतिथि राखेप सदस्य सदस्य सचिव घिसिङले नेपालगन्जलाई राष्ट्रिय स्तरमा चिनाउन फोटो फेस्टिभलले थप सहयोग गरेको बताए। “नेपालगन्ज हरेक विधामा उत्तिकै अब्बल छ। खेलकुदका लागि त झन् नेपालगन्ज महत्त्वपूर्ण शहर हो। फोटो फेस्टिभलमा नेपालगन्ज अगाडि भएको यसले देखाउँछ,” उनले भने।

वर्ष फोटो विजेता शाहीले दुर्गम क्षेत्रमा बसेर पत्रकारिता गर्न निकै कठिन रहेको अनुभव सुनाउँदै फेस्टिभलको विजेता बन्दा आगामी दिनमा आफ्नो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताए। आयोजक अन्तरालका कार्यकारी निर्देशक शाहले विषम परिस्थितिका बाबजुद पनि फेस्टिभललाई निरन्तरता दिइरहेको बताउँदै आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लग्ने बताए।
फेस्टिभलमा फोटो प्रतियोगिताबाट छानिएका ८ विधाका ११५ फोटोहरू र बाँके जिल्लाका ‘एक से एक’ फोटोहरू प्रदर्शनीमा राखिएको थियो। दुई दिनसम्म चलेको फेस्टिभलमा करिब ३ हजार जनाले अवलोकन गरेका आयोजकको भनाइ छ। फेस्टिभलको फोटो प्रतियोगितामा डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेसन, स्पोर्ट्स, नेपाल स्माइल, एग्रिकल्चर र न्युज विधामा करिब २ हजार फोटोमध्येबाट विजेता छानिएको हो।
उपाधि विजेता तस्वीरहरू




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
