दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।
काठमाडौँ– संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दै छ। दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।
संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार सभामुख घिमिरेले समितिमा रहने सांसदको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्। यसअघि सोमबार प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठक बसेर सुनुवाइ समितिमा रहने सदस्यको भागबन्डा गरेका थिए।
यस्तै सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यको नामावलीसहितको प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जनाएको छ। उक्त प्रस्तावको सांसद रघुजी पन्तले समर्थन गर्नेछन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफलका लागि पेस गर्ने, विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ।
यसअघि दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निमार्णका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निमार्ण गरी प्रभावकारी कार्यान्वयन गर्ने।’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
