विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत ‘हल्कारा’ वैशाख २९ देखि देशभर प्रदर्शन हुँदैछ। यो चलचित्रले द्वन्द्वकालीन समयको कथा बोकेको छ।
काठमाडौँ– सामाजिक सञ्जालमा सक्रिय सिनेप्रेमीको समूह ‘मुभी लभर्स ग्रुप’ले चलचित्र ‘हल्कारा’को विशेष प्रदर्शन गर्ने भएको छ।
विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत ‘हल्कारा’को वैशाख २४ गते प्रदर्शन गर्न लागिएको हो। कोभिडका कारण प्रदर्शन मिति पछि सरेको ‘हल्कारा’ वैशाख २९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ।
ट्रेलर र टिजरबाट राम्रो प्रतिक्रिया पाएको यस चलचित्रमा महेश त्रिपाठी, विनीता थापामगर, प्रकाश दाहाललगायतको अभिनय छ। चिन्तनराज भण्डारीको छायांकनले प्रशंसा बटुलेको छ।
यो चलचित्रबाट ‘वर्ल्डफेस्ट ह्युस्टन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा महेश त्रिपाठीले सर्वोत्कृष्ट अभिनेता र चिन्तनराज भण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका थिए। यस्तै हल्काराले ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट न्यारेटिभको अवार्ड जितेको थियो।
‘हल्कारा’ एउटा हुलाकीको कथा हो। द्वन्द्वकालीन समयको कथा बोकेको चलचित्र प्रदर्शनपछि निर्माण टिमसँग छलफल पनि गरिने ‘मुभी लभर्स’ले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
