किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँमा खाद्यान्न अभाव भएको हो। नाका नखुल्दा यहाँ चीनबाट खाद्यान्न आयात हुन सकेको छैन।
किमाथांका– संवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ।
कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले तीन वर्षअघि बन्द गरेको किमाथांका नाका नखोलेपछि नेपालतर्फका गाउँमा खाद्यान्न अभाव भएको हो। नाका बन्द भएपछि चीनबाट खाद्यान्न आयात हुन नसकेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।
भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ। उत्पादित खाद्यान्नले स्थानीयवासीलाई तीन महिना मात्र खान पुग्ने गरेको छ। सदरमुकाम खाँदबारीबाट किमाथांका नाका १६२ किलोमिटर टाढा पर्छ। विगतमा यहाँका स्थानीय दैनिक रोजगारीका लागिसमेत चीनतर्फका शहर चाँगा र देन्दाङसम्म जाने गरेका थिए।
त्यो पनि ठप्प भएकाले ज्याला मजदुरी गरी खानेलाई मर्का परेको अध्यक्ष भोटेले बताए। छ हजार जनाको बसोबास रहेको यो क्षेत्रमा धान उत्पादन हुँदैन। सडक सञ्जाल पुगेको छैन। किमाथांका, चेपुवा, छुम्सुर रिदाक, थुदामलगायत गाउँका लागि दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख बजार चीनको चाँगा र देन्दाङ हो।
प्रदेश सरकार र विभिन्न संघसंस्थाको सहयोगमा राहत वितरण गरिएको अध्यक्ष भोटेले बताए। खाद्यान्न अभाव भएका थुदाम, रिदाक र छुमुसुरका ९१ घर परिवारलाई राहत वितरण गरिएको हो। भोटेका अनुसार थप राहतका लागि जिल्ला विपत् व्यवस्थापन समितिमार्फत ५०० क्विन्टल चामल प्रदेश सरकारसँग माग गरिएको छ।
सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडमा ढुवानी गर्नुपर्ने हुँदा खाद्यान्न सामग्री अचाक्ली महँगो हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
