युक्रेनले रुससँगको युद्धका लागि ड्रोन उत्पादन तीव्र पारेको छ। साथै, ड्रोन आयातसम्बन्धी नियमलाई खुकुलो पार्दै यसका पार्टपुर्जा र उपकरणमा लाग्ने करसमेत छुट गरेको बीबीसीले जनाएको छ।
युक्रेनको खार्किभ क्षेत्रको कुपियान्स्क शहरस्थित संग्रहालयमा रुसको क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।
रुसले एस–३०० हवाई रक्षा क्षेप्यास्त्र प्रयोग गरी संग्रहालयमा आक्रमण गरेको युक्रेनी अधिकारीले जनाएका छन्। आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनास्थलको ध्वस्त संरचना र आपत्कालीन उद्धारकर्ताले क्षतिको जाँच गरिरहेको भिडियो पोस्ट गरेका थिए।
“आतंकवादी देशले हामीलाई ध्वस्त पार्न सबथोक गरिरहेको छ। हाम्रो इतिहास, संस्कृति र हाम्रा मानिसलाई मार्न घृणित विधि अपनाइरहेको छ,” जेलेन्स्कीले भनेका छन्। यसैबीच, युक्रेनले अग्रपंक्तिमा युद्धका लागि सैनिक ड्रोनको संख्या बढाएको छ।

रुससँगको युद्धका लागि ड्रोन उत्पादन तीव्र पारेको छ। साथै, ड्रोन आयातसम्बन्धी नियमलाई खुकुलो पारेको र ड्रोनका पार्टपुर्जा र उपकरणमा लाग्ने करसमेत छुट गरेको बीबीसीले जनाएको छ। ड्रोनको बिस्तारलाई चन्दा संकलनसम्बन्धी एक सफल अभियान ‘आर्मी अफ ड्रोन्स’ले सहयोग गरेको बताइएको छ।
यस अभियानका लागि स्टार वारका ‘सेलेब्रिटी’ समर्थक मार्क हमिलको सहयोगमा १०८ मिलियन डलर जम्मा भइसकेको छ। उक्त रकम ड्रोन निर्माण, खरिद र अग्रपंक्तिमा काम गर्ने नयाँ पाइलटलाई प्रशिक्षण दिन खर्च भइरहेको छ।
हाल अग्रपंक्तिमा सामान्यतया डीजेआई मेभिक ड्रोन प्रयोग भइरहेको छ। जसको मूल्य दुई अमेरिकी डलरभन्दा पनि कम छ। चिनियाँ निर्माताले गत वर्षदेखि युक्रेन र रुसमा ड्रोन निर्यात प्रतिबन्ध लगाएको थियो।
हाल युक्रेनले हजारौँ ड्रोन आयात गरिरहेको बीबीसीले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
