खेलौनाले हरेक बालबालिकाको प्रतिनिधित्व गराेस् भन्ने प्रयासस्वरूप ‘डाउन सिन्ड्रम’ बार्बी डल बजारमा ल्याएको कम्पनीले जनाएको छ।
अमेरिकाको खेलौना निर्माता कम्पनी मटेलले ‘डाउन सिन्ड्रम’ बार्बी डल (खेलौना) बजारमा ल्याएको छ।
खेलौनाले हरेक बालबालिकाको प्रतिनिधित्व गरोस् भन्ने प्रयासस्वरुप डाउन सिन्ड्रम बार्बी डल बजारमा ल्याएको कम्पनीले जनाएको छ। हरेक बालबालिकाले बार्बी डलमा आफूलाई देखुन् भन्ने चाहेको मटेलका मालिकले बताएका छन्। अमेरिकाको नेशनल डाउन सिन्ड्रम सोसाइटी (एडीएसए) सँगको साझेदारीमा यस उत्पादनलाई बजारमा ल्याइएको बताइएको छ।
]यता, बेलायतको डाउन सिन्ड्रम एसोशिएसनले पनि यस कार्यको प्रशंसा गरेको छ। नयाँ बार्बी डलको अभियानका क्रममा उपस्थित डाउन्स सिन्ड्रमकी बेलायती मोडल एली गोल्डस्टेनले नयाँ खेलौना देख्न पाउँदा खुशी लागेको बताएकी छन्।
“मेरा लागि विविधता निकै महत्त्वपूर्ण छ। संसारका मजस्तै हरेक मानिसहरू लुक्ने होइन देखिन जरुरी छ,” उनले भनिन्। बजारमा आएको डाउन सिन्ड्रम बार्बी डलले लगाएको पिंक मालामा माथिपट्टी फर्किएका भि आकारका तीनवटा लाइनले २१ वटा क्रोमोजोमका ३ वटा कपिको प्रतिनिधित्व गर्छन् जसले डाउन सिन्ड्रमको अवस्थाका विशेषता र आनुवंशिक सामग्रीलाई बुझाउँछ।

पछिल्ला दिनमा मटेलले बार्बी लाइनलाई बढी समावेशी बनाइरहेको छ। दैनिक जीवनका सामान्य मानिसको प्रतिनिधित्व गर्ने बार्बी डल पनि बजारमा ल्याइसकेको छ। विभिन्न रंग, रूप, कपाल, शारीरिक आकार, अपांगता भएका एवं फेसनसहितका विभिन्न बार्बीहरू बजारमा आइसकेका छन्। जसले थप कथालाई प्रेरणा दिन्छन्।
सन् २०१७ मा हिजाब लगाएको बार्बी डल सार्वजनिक गरिएको थियो। हिजाब लगाएकी अमेरिकी फेन्सर इब्तिहाज मुहाम्मदको प्रतिनिधित्व गर्दै बार्बी डल निकालिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
