इजरायलमा समानुपातिक प्रतिनिधित्वका लागि चुनाव हुने गरेकाले पार्टीलाई जति मत खस्छ त्यसकै आधारमा सिट संख्या बाँडफाँट हुने व्यवस्था छ।
इजरायलमा सन् २०१९ पछि आज पाँचौपटक संसदीय चुनाव हुँदैछ। चार वर्षभन्दा कम समयमा पाँचौँपटक नयाँ कनेसट अर्थात् संसद्का लागि चुनाव हुन लागेको हो। इजरायली संसद्को १२० सिटका लागि चुनाव हुन लागेको हो।
इजरायली पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी र पूर्वप्रधानमन्त्री याइर लापिडको पार्टी येश अतिद पार्टीबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। पूर्वप्रधानमन्त्री नेफताली बेनेटले भने यसपटकको चुनावमा भाग लिएका छैन। चुनावी सर्भेहरूले पुनः नेतान्याहुकै जित हुने देखाएका छन्। संसद्मा नेतान्याहुले ३० र लेपिडले २५ सिट जित्ने आकलन छ।
इजरायली चुनावमा व्यक्तिलाई नभई पार्टीलाई मत दिने व्यवस्था छ। संसद्मा सिट चाहिएमा राष्ट्रिय मतको कम्तिमा ३.२५ प्रतिशत मत ल्याउनु अनिवार्य हुन्छ। इजरायलमा समानुपातिक प्रतिनिधित्वका लागि चुनाव हुने गरेकाले पार्टीलाई जति मत खस्छ त्यसकै आधारमा सिट संख्या बाँडफाँट हुने व्यवस्था छ।
गठबन्धनको सरकार रहेको इजरायलमा लिकुड पार्टी र थप चारवटा पार्टी मिलेर आवश्यक ३.२५ प्रतिशत मत सजिलै ल्याउने र गठबन्धनको नेतृत्व लिकुड पार्टीले गर्ने भन्दै नेतान्याहुको जितको अनुमान गरिएको छ।
चार वर्षमा पाँचवटा चुनाव
इजरायलको अस्थिर राजनीतिका कारण त्यहाँ चार वर्षभन्दा पनि कम समयमा पाँचौँपटक चुनाव भएको हो। सन् २०१८ मा भएको चुनावमा बहुमतका लागि एक सिट मात्रै कम भएपछि मध्यावधि चुनाव गराइएको थियो। त्यस चुनावमा नेतान्याहुले बहुमत ल्याउन नसकेपछि अन्य दलहरूसँग मिलेर गठबन्धन सरकार बनाउने प्रयास गरे।
गठबन्धनमा सहमति नभएपछि उनले पुनः आकस्मिक चुनावको घोषणा गरे। त्यसपछि २०१९ को अप्रिल ९ मा अर्को चुनाव भयो। नतिजा पहिलेको जस्तै भयो। त्यतिबेला इजरायली सेनाका पूर्वप्रमुख बेनी गेट्सलाई सरकार बनाउने अवसर दिनुपर्नेमा नेतान्याहुले चुनावको घोषणा गरेका थिए। सन् २०१९ को सेप्टेम्बर १७ मा इजरायलमा पुनः चुनाव भयो। त्यसमा पनि कुनै पार्टीको स्पष्ट बहुमत आएन। कुनै पनि दल सरकार बनाउने स्थिति रहेन। त्यसपछि पुनः तेस्रो चुनावको घोषणा गरियो। सन् २०२१ मार्च २३ मा पुनः चुनाव भयो।
स्पष्ट बहुमत आएन तर यैर लेपिडले नेतान्याहु सरकारलाई समर्थन नगरी अन्य साना दलहरूलाई मिलाएर गठबन्धनको सरकार बनाए। तर, गठबन्धन सरकार एक वर्ष पनि टिक्न सकेन। त्यसपछि पुनः चुनाव घोषणा भएको हो।
इजरायलमा चुनावका थुप्रै अजेन्डा भए पनि यसको केन्द्रमा बेन्जामिन नेतान्याहु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। तर, सहयोगी दलहरूको सहारामा उनले पुनः प्रधानमन्त्री बन्ने सपना पूरा गर्ने विश्लेषण गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
