दोधारा चाँदनी नगरपालिकामा नेपाल–भारत सीमामा दुवै देशतर्फ दशगजा मिचेर लामो समयदेखि खेती लगाइएको थियो। यसरी गरिएको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो।
महेन्द्रनगर- कञ्चनपुरस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रको अतिक्रमण हटाउन थालिएको छ। दोधारा चाँदनी नगरपालिकामा नेपाल–भारत सीमाको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो।
यहाँ नेपाल र भारत दुवैतर्फ लामो समयदेखि दशगजा मिचेर खेती गरिएको थियो। दोधारा चाँदनी–३ बडुवाल टोलबाट दशगजा क्षेत्रको अतिक्रमण हटाउन थालिएको नगर प्रमुख किशोर लिम्बूले जानकारी दिए। “दशगजा क्षेत्रको अतिक्रमण खाली गराउन शुरू भएको छ। पहिलो दिन डेढ किलोमिटर क्षेत्र खाली गराएका छौँ,” नगरप्रमुख लिम्बूले भने।
यो अभियान निरन्तर चल्ने उनले बताए। सशस्त्र प्रहरी, नेपाल प्रहरी, भारतको सीमा सुरक्षा बल (एसएसबी) र जनप्रतिनिधि लगायतको समन्वयमा संयुक्तरूपमा दशगजा खाली गर्न थालिएको हो। “अहिले खेतीपाती भित्र्याएको अवस्थामा दशगजा खाली गर्न सजिलो भएको छ, दशगजा खाली नहुँदा बेलाबेलामा विवाद हुने गरेको छ,” नगर प्रमुख लिम्बूले भने, “दशगजा क्षेत्र खाली हुँदा यो विवाद हट्नेछ।”
लिम्बूका अनुसार पहिलो दिन दोधारा चाँदनी–३ बडुवाल टोलस्थित मुख्य सीमास्तम्भ आठ सयदेखि सहायक स्तम्भ नम्बर आठ/चारसम्मको क्षेत्र खाली गरिएको छ। उक्त कार्यमा सुरक्षाकर्मीसँगै नगरपालिकाका सर्भेक्षकसमेत खटिएका छन्।
नियमित कार्यक्रमअन्तर्गत दशगजा खाली गराउने काम भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए। “दशगजामै घरटहरालगायत पक्की संरचना बनेको ठाउँमा खाली गराउन केही ढिलाइ भएको छ,” उनले भने, “अन्य ठाउँमा दशगजा खाली गराउने काम निरन्तर चलिरहेको छ।”
उनका अनुसार सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएदेखि नै एसएसबीसँग समन्वय गरेर दशगजा खाली गर्ने गरिएको छ। कञ्चनपुरमा १२९.५ किलोमिटर सीमा भारतसँग जोडिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
