एमालेको घोषणापत्र सार्वजनिक

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। 

तस्वीर: अमित मचामसी

काठमाडौँ- नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

ओलीको सयोजकत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी, शाक्य रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको समितिले घोषणापत्र तयार पारेको हो।

'अबको पाँच वर्ष एमालेले गर्छ' नारा दिएर एमालेले घोषणापत्र सार्वजनिक गरेको हो। दरबारमार्गस्थित होटल याक एन्ड यतिमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गरिएको हो। पाँच वर्षमा एमालेले गर्ने विकास योजनालाई समावेश गरेको छ।