गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन्।
पोखरा– गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका हुन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको पद तथा गोपनीयताको शपथ शुक्रबार हुने भएको छ।
नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि गत ९ गते सरकार ढलेको थियो।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख गुरुङले सोमबार आह्वान गरेका थिए। सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता पाण्डेले कांग्रेससहित माओवादी र स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि १४ गते ४ बजेभित्रको समय सीमा दिएर प्रदेश प्रमुखले आह्वान गरेका थिए। ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
