लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई नियुक्त गरेका छन्।
काठमाडौँ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
गत सोमबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि नेकपा एमाले प्रदेशसभा दलका नेता लीला गिरीको नेतृत्वको सरकार ढलेको थियो। गिरीले राखेको विश्वासको मतको प्रस्तावमा एमाले र राप्रपाका सांसद मात्रै पक्षमा मतदान गरेका थिए भने अन्य दलले विपक्षमा मतदान गरेका थिए।
प्रदेश प्रमुख शेरचनले मंगलबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दललाई नयाँ सरकारका लागि आह्वान गरेका थिए।
प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान भएअनुसार चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत आठ दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ। चौधरीले बिहीबार दिउँसो आठ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका थिए।
उनलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका १/१ जना प्रदेश सांसदको समर्थन छ।
उनी गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्य चुनिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
