नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले शोधनान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घट्न लागेको बताएका छन्।
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजस्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन्।
बिहीबार राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजस्व संकलन गत वर्षभन्दा घटेको बताएका हुन्। “कमजोर राजश्व परिचालन बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको छ,” उनले भने।
उनले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताए। पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेका बताए। उनले बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परको उनको भनाइ छ।
गभर्नर अधिकारीले १० बिलासी वस्तुको आयात रोके पनि विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार आएसँगै राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए। उनले अहिले शोधनान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घट्न लागेको उल्लेख गरे।
“२०७९ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निष्क्रिय कर्जाको अनुपात कूल कर्जाको २.६ प्रतिशत रहेको कूल तरल सम्पत्ति कूल निक्षेपको २४.३ प्रतिशत रहेको जोखिम भारती सम्पत्तिको १२.९ प्रतिशत कूल पुँजी कोष रहेकाले नेपालका बैंक तथा वित्तीयको वित्तीय स्थिति सुधार रहेको छ,” उनले भने।
त्यस्तै, पूर्वगभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तीय संस्थाको संख्या घटे पनि जोखिम बढ्न सक्ने भन्दै सचेत गराए। उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरिवेक्षण नगरे जोखिम बढ्न सक्ने उल्लेख गरे। उनले कोरोनापछि राष्ट्र बैंकले उदार नीति जारी गरेका कारण अर्थतन्त्र कोल्याप्स हुनबाट जोगिएको बताए। राष्ट्र बैंकले लिने मौद्रिक नीति मध्यमार्गी हुनुपर्ने सुझाए।
त्यस्तै, डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले राष्ट्र बैंकले ब्याजदर घटाउने गरी नीतिगत व्यवस्था गरेको बताइन्। उनले व्यापार चक्रमा कहिले तेज र कहिले सुस्त हुने बताउँदै सबैलाई संयमित भएर काम गर्न आग्रह गरिन्। नीतिगत व्यवस्था कटौती गरेर कोरोनाकालमा अर्थतन्त्र चलायमान गरेको दाबी उनको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
