नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभन्दा ढिलो घोषणापत्र सार्वजनिक गरेको एमालेले त्यसमा आफ्ना ‘२० ग्यारेन्टी’ घोषणा गरेको छ जसमा ‘नेपालीलाई मात्र नागरिकता दिइने’ उल्लेख छ।
काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेले आउँदो पाँच वर्षमा मुलुकको अर्थतन्त्र १०० खर्ब पुर्याउने घोषणा गरेको छ। आउँदो मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा एमालेले यस्तो घोषणा गरेको हो।
एमालेले कृषिलाई व्यवसायीकरण गर्ने, साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। त्यस्तै, पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गर्ने, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच वर्षमा २५ लाख पुर्याउने वाचा पनि एमालेले गरेको छ।
"कृषिको व्यवसायीकरण गरिने छ। साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने छ। पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गरिने छ। नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्याइने छ," घोषणापत्रमा भनिएको छ, "कुल गार्हस्थ उत्पादन (जीडीपी)लाई आगामी पाँच वर्षभित्र १०० खर्ब पुर्याइने छ। नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ३ लाख (२४०० अमेरिकी डलर) पुर्याइने छ।"
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभन्दा ढिलो घोषणापत्र सार्वजनिक गरेको एमालेले त्यसमा आफ्ना ‘२० ग्यारेन्टी’ घोषणा गरेको छ जसमा ‘नेपालीलाई मात्र नागरिकता दिइने’ उल्लेख छ।
हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
