युरोपमा तेल आपूर्ति घटाएर एशियामा बढाउने रुसको योजना

रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन र युरोपमा १८ करोड टन कच्चा तेल निर्यात गरेको थियो। 

रुसले युरोपमा कच्चा तेलको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने भएको छ।

कटौती गरेर बचत गरिएको मात्रा एसियामा पठाउने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताए। बिहीबार ऊर्जासँग सम्बन्धित कार्यक्रममा पत्रकारहरूसँग भने,  “यो वर्ष १४ करोड टन तेल र तेलको उत्पादन पूर्वतर्फ जानेछ। ८०९९० मिलियन टन पश्चिमतर्फ पठाइनेछ।”

रुसले सन् २०२२ मा एशियामा करिब ४ करोड टन र युरोपमा १८ करोड टन कच्चा तेल निर्यात गरेको उनले बताए।