युद्धविरामका बाबजुद राजधानी खार्तुममा भिडन्त जारी छ। त्यहाँको अवस्था जतिबेला पनि खराब हुनसक्ने ह्वाइट हाउसले जनाएको छ।
सुडानमा युद्धविरामको अवधि थप तीन दिन लम्ब्याउने सहमति भएको छ। सोमबार रातिदेखि बिहीबारसम्म ७२ घण्टे युद्धविरामको अवधि सकिएपछि थप तीन दिन युद्धविराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ।
अमेरिका, बेलायत, युरोपेली युनियन लगायतको पहलमा भएको बृहत् कूटनीतिक प्रयासपछि युद्धविरामका लागि सहमति जुटेको बीबीसीले उल्लेख गरेको छ। युद्धविराम बढाउन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनलले भूमिका खेलिरहेका छन्। तर, युद्धविरामका बाबजुद राजधानी खार्तुममा भिडन्त जारी छ। त्यहाँको अवस्था जतिबेला पनि खराब हुनसक्ने ह्वाइट हाउसका प्रवक्ता करिन जीन पियरेले बताए।
साथै, साउथ सुडानले पनि युद्धरत पक्षबीच शान्ति वार्ताको प्रस्ताव गरेको छ। त्यसपछि सकारात्मक देखिएको सुडानका सेनाले वार्ताका लागि आफ्ना प्रतिनिधि पठाउने संकेत गरेको छ। केहीदिन अघि युद्धविरामका बेला दर्जनौँ देशले आफ्ना नागरिकको आकस्मिक उद्धार गरेका थिए। हजारौँ मानिसले सुरक्षित रूपमा देश छाड्न पाएका थिए।
सुडानमा अझै पनि विभिन्न देशका सयौँ मानिस अलपत्र छन्। दुई सातायता जारी सुडानी सेना र अर्धसैनिक बल (आरएसएफ)बीच जारी भिडन्तमा ४५० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
