रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ, उपेन्द्र यादव उपस्थित भएनन्

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार बिहान शपथ गराएका हुन्।

तस्वीर : नवराज पाण्डेको फेसबुक

काठमाडौँ– उपनिर्वाचनबाट निर्वाचित रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार बिहान शपथ गराएका हुन्। वैशाख १० गते भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए।

सोही निर्वाचनमा बारा–२ बाट निर्वाचित सांसद उपेन्द्र यादव भने शपथ कार्यक्रममा उपस्थित थिएनन्।