नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दिन लागेको ‘ट्याक्टिल ट्रेनिङ’ प्रशिक्षणका लागि २८ खेलाडी डाकिएको छ।
काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीको ‘ट्याक्टिल ट्रेनिङ’ (रणनीतिक प्रशिक्षण) हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार रणनीतिक प्रशिक्षण गर्न लागेको जानकारी दिएको हो।
एन्फाका अनुसार भारतमा आयोजना हुने १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीको लागि प्रशिक्षण दिन लागिएको हो। साफमा आयोजक भारतसँगै बंगलादेश, भुटान, मालदिभ्स, नेपाल र पाकिस्तानले भाग लिनेछन्।
यसअघि वैशाख १५ गते यस्तै प्रशिक्षण दिइएको थियो। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रशिक्षण दिने छन्। यसका लागि २८ खेलाडी डाकिएको छ।
ट्याक्टिल ट्रेनिङ लागि बोलाइएका खेलाडी
गोलकिपरः किरण चेम्जोङ (पञ्जाब एफसी), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब)
डिफेन्डरः सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ मस्र्याङ्दी क्लब), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (पर्सिज जार्कात), सिमन्त थापा (जावलाखेल युथ क्लब), अन्जन महर्जन (फ्रेन्ड्स क्लब)
मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), दिपेश गुरुङ (थ्री स्टार क्लब), सुदीप गुरुङ (सातदोबाटो युथ) क्लब), लकेन लिम्बु (थ्री स्टार क्लब), आभाष लामिछाने (एपीएफ फुटबल क्लब)
फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपकराज सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज) युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), जिलेस्पी जंग कार्की (त्रिभुवन आर्मी फुटबल क्लब)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
