एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी रकम दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्ष नेकपा एमालेले माओवादीका अयोग्य लडाकुहरूलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शुरूमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गरेको हुन्।
उनले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी रकम दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालत स्वीकार्य नहुने बताए। सरकारले निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसविरुद्ध जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो।
उनले लडाकुका नाममा तत्कालीन माओवादी नेतृत्वले लिएर गएको ९५ करोड रुपैयाँ कहाँ गयो भनेर प्रश्नसमेत गरे। "हिजो अनमिनले प्रमाणीकरण गरेका लडाकुहरू पछि पुन प्रमाणीकरण हुँदा खेरी २ हजार ४५१ जना को थिए भन्ने यकिन गर्न सकिएन। ती व्यक्ति कहाँ हराए? थाहा भएन," उनले भने, "तिनका नाममा ९५ करोड रुपैयाँ पैसा तत्कालीन माओवादी नेतृत्वले त्यो पैसा लिएर गयो। त्यो पैसा कहाँ गयो? महालेखा परीक्षकको प्रतिवेदनमा प्रश्न उठेको छ। त्यसको जवाफ आज पनि अनुत्तरित अवस्थामा छ।”
प्रमुख सचेतक गिरीले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गराउन सरकार नलागेको आरोपसमेत लगाए।
त्यस्तै, उनले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्ता पक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुडा प्रहार गर्ने कोशिश गरिएको भन्दै निन्दा र भर्त्सना गरे। उनले घटनामा संलग्नहरूलाई सत्तापक्षले उन्मुक्ति दिने प्रयास गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
