थ्री स्टार क्लबलाई पराजित न्युरोड टिम (एनआरटी) शहीद स्मारक 'ए' डिभिजन लिगको रेलिगेसनबाट उम्किएको छ।
काठमाडौँ– थ्री स्टार क्लबलाई पराजित न्युरोड टिम (एनआरटी) शहीद स्मारक 'ए' डिभिजन लिगको रेलिगेसनबाट उम्किएको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा थ्री स्टारलाई एनआरटीले १–० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै एनआरटी अंक तालिकाको आठौँ स्थानमा उक्लिएको छ। एनआरटी रेलिगेशन जोनबाट ३ अंकमाथि छ। एनआरटीको १३ खेलमा ४ जित, ४ बराबरी र ५ हारसँगै १६ अंक रहेको छ।
पहिलो हाफमा थ्री स्टारका सन्तोष साहुखलले पेनाल्टी चुकाएका थिए।
खेलको ३३अौँ मिनेटमा थ्री स्टारले पेनाल्टीको अवसर पाएको थियो। पिटर सेगुनलाई पेनाल्टी क्षेत्र भित्र गौरव श्रेष्ठले फल गरेपछि रेफ्री विश्वास कार्कीले पेनाल्टी दिएका थिए। सन्तोष साहुखलको प्रहार पोस्टभन्दा बाहिर गयो।
३७अौँ मिनेटमा एनआरटीले अग्रता लियो। सरोज तामाङको शक्तिशाली प्रहारलाई गोलरक्षक मोहमद ताहाले विफल पारेका थिए। तर, रिबाउन्डबाट आएको बललाई सञ्जीव विष्टले गोलमा परिणत गरे।
पराजित भएसँगै थ्री स्टारले शीर्षस्थानमा उक्लने अवसर गुमायो। दोस्रो स्थानमा रहेको थ्री स्टारको २२ अंकका छ। जावलाखेल थ्री स्टारकाभन्दा १ अंकले अगाडि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
