सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम प्रतिनिधिसभाको बैठकले पारित गरेको छ।
काठमाडौँ– मंसिर ४ मा भएको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाले पाँच महिनापछि विषयगत समिति गठन गरेको छ। शुक्रबार बसेको संसद्को बैठकले समिति गठन गरेको हो।
सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम संसद्मा प्रस्तुत गरेका छन्। ती नामलाई बैठकले पारित गरेको छ।
पुस २५ गतेबाट प्रतिनिधिसभाको अधिवेशन शुरू भएको थियो। प्रतिनिधिसभा नियमावली २०७९ पारित भएपछि सोहीअनुसार नै संसदीय समिति गठन भएको हो।
प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन्। राष्ट्रियसभाको समेत गरी दुई वटा विषयगत समिति रहेका छन्।
संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन्। संयुक्त समिति भने अझै गठन भएको छैन।











Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
