फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सर्वाधिक सहभागिताको अपेक्षा

जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताका लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए।

काठमाडौँ– रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ।

फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा गरिएको काठमाडौँस्थित रसियन दूतावासले जनाएको छ।

प्रतियोगिता शारीरिक र डिजिटल दुवै किसिमको आयोजना हुनेछ। जसमा ५० प्रतिशत शारीरिक गतिविधि र ५० प्रतिशत डिजिटल हुनेछ।

प्रतियोगितामा फुटबल, बास्केटबल र हक्की जस्ता परम्परागत खेलहरू हुनेछन्। नेपालबाट यो खेलहरूमा सहभागी जनाउन पाउनेछ। त्यस्तै, पब्जी, फ्री फायर, डोटा २ र लिग अफ लेजेन्ड्स जस्ता ई–स्पोर्ट्स गेमहरू प्रस्तुत गरिनेछ।

प्रतियोगिताअन्तर्गत फुटबल, बास्केटबल, हक्की र दौड प्रतिस्पर्धामा प्रत्येक खेलमा पुरस्कार राशि १० लाख डलर छ। यस्तै, डोटा दुई र लिग अफ लिजेन्ड्स जस्ता ई–स्पोट्रस खेलहरूमा प्रत्येक खेलमा ३० लाख डलरको पुरस्कार राशि छ।

ट्याक्टिकल ब्याटल ५५ सीएसजीओ, ट्याक्टिकल ब्याटल ५५ भ्यालोरन्ट र ड्रोन बीट सेबरको पुरस्कार क्रमशः ३० लाख, २० लाख र पाँच लाख डलर छ। फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ मा छनोट हुने खेलाडीको पनि सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने छ।

प्रतियोगिताका लागि जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताको लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए।

कार्कीका अनुसार छनोट प्रतियोगितामा सहभागी हुनका लागि ‘फिजिटल गेम अफ फ्युचर’ को वेबसाइटमार्फत आवेदन दिन सकिने र छनोट प्रतियोगितामा खर्च आयोजकले नै बेहोर्नेछ। रुसमै हुने छनोटका लागि मेको अन्तिमसम्म आवेदन दिन सकिने कार्कीले बताए।