जितका लागि २५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले १९.५ ओभरमा अलआउट हुँदै २०१ रन मात्र बनायो।
काठमाडौँ– ईन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले पन्जाब किंग्सलाई पराजित गरेको छ।
गएराति बिन्द्रा क्रिकेट स्टेडियममा घरेलु टोली पन्जाबलाई ५६ रनले हराउँदै लखनउ दोस्रो स्थानमा उक्लिएको हो। जितका लागि २५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले १९.५ ओभरमा अलआउट हुँदै २०१ रन मात्र बनायो।
पन्जाबका अथर्व ताईडेले ६६ रनको अर्धशतकीय ईनिङ्स खेले। उनले ३६ बलमा ८ चौका र २ छक्का प्रहार गरे। सिकन्दर राजाले ३६ र जितेश शर्माले २४ रन बनाए।
लखनउका यश ठाकुरले सर्वाधिक ४ विकेट लिए। नभिन उन हकले ३, रवि बिश्नोईले २ तथा मार्कस स्टोईनिसले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २५७ रनको योगफल तयार पारेको थियो।
यो आईपीएल इतिहासकै दोस्रो ठूलो योगफल हो। आइपीएलमा सर्वाधिक ठूलो योगफल सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पुणे वारियर्सविरुद्ध ५ विकेट गुमाउँदै २६३ रन बनाएको थियो।
लखनउका मार्कस स्टोईनेसले सर्वाधिक ७२ रन बनाए। उनले ४० बलमा ६ चौका र ५ छक्का प्रहार गरे। आयुष बदोनीले २४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए।
कायल मेयर्सले २४ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ५४ तथा निकोलस पुरनले १९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए।
पन्जाबका कागिसो रबाडाले २ विकेट लिए। अर्शदिप सिंह, लियम लिभिङ्स्टोन र साम करनका नाममा समान १/१ विकेट रह्यो।
पन्जाब चार जित र चार हारका साथ छैटौँ स्थानमा कायम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
