यस्ता छन् एमालेका २० ग्यारेन्टी

नेकपा एमालेले आफ्नो प्रतिबद्धतामा २० ग्यारे‍न्टीको वाचा गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार घोषणापत्र सार्वजनिक गरेका हुन्।

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच वर्षमा २० ग्यारेन्टीको वाचा गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार काठमाडौंको दरबार मार्गस्थित होटल याक एन्ड यतिमा आयोजित एक कार्यक्रममा डिजिटल प्रविधिमार्फत घोषणापत्र सार्वजनिक गरेका हुन्।

विगतका निर्वाचनमा दलहरूले जारी गरेका घोषणापत्र कार्यान्वयन नभएको भन्ने प्रश्न उठ्ने गरेको थियो। एमालेले त्यसै विषयलाई मध्यनजर गर्दै आगामी निर्वाचनपछि आफ्नो पार्टीले सरकार गठन गरे ग्यारेन्टीका साथ गर्न सक्ने २० वटा प्रतिबद्धता अगाडि सारेको हो। 

"विगतका निर्वाचनहरूमा चनावी घोषणापत्रका रूपमा जारी गरिएका दलहरूका प्रतिबद्धता व्यवहारमा पूरा भएनन् भन्ने प्रश्न उठ्ने गरेका छन्। त्यसैलाई ध्यानमा राखी यस निर्वाचनमा हाम्रो पार्टीले सरकार गठन हुँदा ग्यारेन्टीका रूपमा निम्न विषयलाई लागू गर्ने प्रतिबद्धता अघि सारेको छ," एमालेले घोषणापत्रमा भनेको छ।

यस्ता छन् एमालेका २० ग्यारेन्टी
०१, पहिलो सेसन: समृद्धि अधिवेशन
०२, हङ्गर : नो लङ्गर
०३, सुरक्षित छाना : पुग्छ सबैको चाहना
०४, पढाइ : भविष्यको जग बसाइ
०५, फ्रि मिटर : दश हजार लिटर
०६, खेत बारीमा पानी : खाडीमा हैन, स्वदेशमै जवानी
०७, भूमिगत तार : सहर बजार
०८, ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
०९, स्वस्थ महिनाबारी : १५ सय वर्षभरि
१०, हामी सामाजिक : सभ्य नागरिक
११, नेपालीलाई मात्र नागरिकता
१२, उत्पादन स्वदेशी : बजार विदेशी
१३, कमाइ : युवाको रोजाइ
१४, प्रेसर–सगुर : भइन्न बिरामी औषधि बेगर
१५, फ्रि युनिट : ५० युनिट
१६, दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१७, नो लाइन : सेवा अनलाइन
१८, समृद्धिसँगको नाता : सबैको बैंक खाता
१९, फाइभ जी सञ्चार: आइटीमा चमत्कार
२०, हाम्रो अर्थ: १०० खर्ब