खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटे पनि अहिले फेरी सास्ती भएको स्थानीय कमला थापाले सुनाइन्।
दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजना बिग्रिएपछि दगाममा खानेपानी अभाव भएको छ।
स्थानीय आधा घण्टा दूरीमा रहेको पँधेराबाट डोकोमा पानी ल्याएर पानी प्रयोग गर्न गरिरहेका छन्। दगाम–स्थानथोक–भुजिकोट खानेपानी आयोजनाको सोलार बिग्रिएपछि धारामा पानी आउन छाडेको स्थानीय नन्दु थापामगरले बताए।
“दुई हप्तादेखि सोलारमा समस्या आएको छ। एकपटक मर्मत गर्यो पुनः बिग्रिन्छ,” उनले भने, “कतिपय घरमा पँधेराबाट पानी बोक्नसक्ने मान्छे छैनन्। उनीहरूलाई धेरै समस्या भएको छ।” खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटे पनि अहिले फेरी सास्ती भएको स्थानीय कमला थापाले सुनाइन्।
डोकोमा पानी बोक्दै बिहान बित्ने गरेको उनको भनाइ छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रेबजारबाट सात किलोमिटर दूरीमा दगाम गाउँ छ। यो गाउँ मह उत्पादनका लागि पनि प्रख्यात छ।
यहाँका स्थानीय होमस्टेसमेत सञ्चालन गर्ने योजनामा रहेको थापाले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
