काठमाडौँबाट झापातर्फ गइरहेको कार आइतबार बिहान चार बजे दुर्घटना भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।
काठमाडौँ– सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ पिपलभन्ञ्याङमा बा८च ५१३५ नम्बरको कार दुर्घटना भएको सो वडाका वडाध्यक्ष इन्द्र वाइबाले बताए।
दुर्घटनामा एक पुरूष र एक महिलाको ज्यान गएको छ। उनका अनुसार काठमाडौँबाट झापातर्फ गइरहेको कार आइतबार बिहान चार बजेतिर दुर्घटना भएको हो।
मृतकको पहिचान खुल्न सकेको छैन। घाइते पुरुषलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको वडाध्यक्ष वाइबाले बताए।
कार सडक छेउका दुई वटा डिभाइडर भत्काएर २० मिटर तल खसेको छ। मृतक र घाइतेको आफन्तसँग सम्पर्कको प्रयास भइरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
