चिया टेस्टिङका अवसरमा नेपालमा पहिलो पटक लिलामीबाट अर्थोडक्स चिया बिक्री गरिएको छ। ‘डेमो अक्सन’मार्फत प्रतिकिलो १० हजार रुपैयाँमा चिया बिक्री भएको हो।
इलाम– यस सिजनको चियाको टिपाई शुरू भएसँगै विदेशी व्यापारी इलाम आउन थालेका छन्। तेस्रो मुलुकका चिया पारखी तथा चिया व्यापारीहरू चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका हुन्।
शनिबार २७औँ चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरेको थियो। टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायत देशका चिया व्यवसायीको उपस्थिति थियो।
चिया टेस्टिङका अवसरमा नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ। ‘डेमो अक्सन’मार्फत प्रतिकिलो १० हजार रुपैयाँमा चिया बिक्री भएको हो। अमेरिकी नागरिक जेनीले प्रतिकिलो १० हजार रुपैयाँका दरले पाँच किलो ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेकी हुन्।
सूर्योदय चिया उत्पादक संघले उत्पादन गरेको चियाको मूल्य किसानले प्रतिकिलो एक हजार तोकेका थिए। उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै १० हजारसम्म पुर्याए। व्यापारीहरूले लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिए।
‘अर्थोडक्स ग्रीन टी’ प्रतिकिलो एक हजार र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकिलो चार हजार रुपैयाँका दरले चिनियाँ व्यापारीले खरिद गरेका थिए। विश्व बजारमा चिया अक्सनमार्फत खरिद बिक्री हुने गरेको छ। नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्री गर्नु परिरहेको किसानको गुनासो छ।
किसानले आफूहरूको चिया सोझै तेस्रो मुलुक निर्यात गर्नुपर्ने माग गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
