मुम्बईमा अढाई महिनाको उपचारपछि आइतबार काठमाडौँ आइपुगेका कांग्रेस नेता भण्डारीले सातै प्रदेशमा १/१ वटा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
काठमाडौँ– भारतमा उपचारपछि नेपाल फर्किएका नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले ‘कुनै नेपालीले आगोमा जल्न नपरोस्, आगलागीमा परेको कुनै नेपालीले मर्नु नपरोस्’ अभियान चलाउने भएका छन्।
गत फागुन ३ गते खाना पकाउने ग्यास चुहावटका कारण आगलागी भई घाइते भएका भण्डारी मुम्बईस्थित नेशनल बर्नस अस्पतालमा उपचार गरी अढाई महिनापछि काठमाडौँ आइपुगेका हुन्। स्वदेश फर्किएलगत्तै उनले आफ्नो आगामी अभियानबारे त्रिभुवन विमानस्थलबाट जानकारी दिएका हुन्।
“जुन दिन अबचाहिँ बाच्छु जस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटनाहरू कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्ने संकल्प गरेँ। त्यसैले, मेरो अबको अभियान हुनेछ– कुनै नेपालीले आगोमा जल्न नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्,” उनले विमानस्थलबाट जारी गरेको प्रेस नोटमा भनिएको छ।
सोही घटनामा परी उपचारका क्रममा बितेकी आफ्नी आमाको अन्तिम संस्कार गर्न नपाएको उल्लेख गर्दै उनले आगामी दिनमा आगलागीबाट हुने घटना कम गर्न योगदान गर्न सके आफ्नी आमाका लागि सच्चा श्रद्धाञ्जली हुने बताए। घरमा ग्यास चुहावट भई आगलागी हुँदा गम्भीर घाइते भएकी उनकी आमाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो भने जटिल अवस्थामा रहेका भण्डारीलाई थप उपाचारका लागि मुम्बई लगिएको थियो।
उनले दुर्घटनापछि नेपालकै अस्पतालमा उपचार गर्ने चाहना भए पनि सम्भव नभएकाले चिकित्सक र आफन्त तथा नेताहरूको आग्रहमा भारतमा गएर उपचार गराएको उल्लेख गरेका छन्। उनले आगामी दिनमा कुनै पनि नेपाली आगलागीमा परे नेपालमा उपचार गर्न सक्ने पूर्वाधार निर्माण गर्नुपर्ने बताउँदै उनले सकेसम्म सातै प्रदेशमा एक/एक वटा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।
उनले नेपालमा बढ्दो शहरीकरणका कारण खाना पकाउनका लागि ग्यास र बिजुलीको प्रयोग बढेको र यसले निम्ताउने जोखिम कम गर्न दमकल लगायतका पूर्वाधार, दक्ष जनशक्तिको व्यवस्था गर्न ढिला गर्न नहुने बताए। उनले आफ्नो संघीय सांसदको कार्यकाल अझै चार वर्ष रहेको र यो अवधिमा आगलागीबाट हुने मृत्युदरलाई आधाले कम गर्न अभियान चलाउने आफ्नो लक्ष्य रहेको उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
