वर्षापछि रोकियो नेपाल र यूएईबीचको खेल

एसीसी प्रिमियर लिग अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल र यूएईबीचको फाइनल वर्षाका कारण रोकिएको छ। खेल रोकिनुअघि बलिङमा रहेको नेपालले यूएईलाई दबाबमा राखेको छ।

काठमाडौँ- एसीसी प्रिमियर लिग अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल र यूएईबीचको फाइनल वर्षाका कारण रोकिएको छ।

पहिला ब्याटिङ गरेको यूएईले पानी पर्नुअघि १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको अवस्थामा वर्षा शुरू भएको हो। नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशीले एक-एक विकेट लिएका छन्।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका थिए। आजको खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईले एक परिवर्तन गरेका छन्। उनले दीपेन्द्रसिंह ऐरीको स्थानमा तीव्र गतिका बलर तथा अलराउन्डर गुलशन झालाई मौका दिएका छन्।

जल तथा मौसम विज्ञान विभागले आज दिनभर वर्षा हुने जनाएको छ। यदि, वर्षाका कारण खेल रोकिए मंगलबार पुन: खेलाइने कार्यतालिका छ।