कीर्तिपुरमा वर्षा जारी रहेपछि सोमबार एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको खेल हुने सम्भावना न्यून बनेको छ। यदि आज खेल हुन नसके मंगलबार आजकै खेलले निरन्तरता पाउने छ।
काठमाडौँ- वर्षा जारी रहेपछि सोमबार एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल हुने सम्भावना न्यून बनेको छ। आउट फिल्डमा पानी जमेका कारण आज वर्षा रोकिए पनि खेल हुन मुस्किल देखिएको हो।
दिउँसो ३ बजेसम्म वर्षा रोकिएर आउट फिल्ड खेल्न योग्य भए २० ओभरमा झारेर खेलाइने छ। अहिल पूरै मैदानलाई ढाकिएको छ। तर, सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार 'रिर्जभ डे'को व्यवस्था छ। मंगलबार घाम लागेर खेल्ने स्थिति सिर्जना भए यूएईले आजकै अवस्थाबाट खेल अगाडि बढाउने छ।
यूएईले २७.३ ओभरबाट थप ब्याटिङ गर्नुपर्नेछ। खेल रोकिनुअघि यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए। २७.३ ओभरमा खेल पुगेपश्चात दोस्रोपटक वर्षा शुरू भएको थियो।
मैदानका कर्मचारीहरूले शुरूमा क्रिजलाई मात्र ढाकेका थिए, तर वर्षा अत्यधिक हुन थालेपछि पूरै मैदान ढाकिएको छ। बिहान टस शुरू भएसँगै कीर्तिपुरमा सिमसिम पानी परिरहेको थियो। यद्यपि, म्याच रेफ्री सारिका प्रसादले खेल खेलाउन अनुमति दिएका थिए।
खेल १६औँ ओभरमा पुगेपछि बिहान १०:२५ मा पहिलोपटक खेल रोकिएको थियो। पछि पानी रोकिएपछि १०:४६ मा पुन: शुरू भएको खेल ११:५१ मा दोस्रोपटक रोकिएको थियो।
मंगलबार पनि वर्षा भएर दुवै प्रतिस्पर्धीले २० ओभर खेल्न नसक्ने अवस्था भए सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर हुनेछ।
तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभए नेपालले एशिया कप खेल्ने मौका पाउने छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल अगाडि रहेका कारण उक्त अवसर पाउनेछ। आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९औँ स्थानमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
