चीनका ३२२ वटा शहरका अस्पतालका करिब २ लाख बिरामीहरूमा भएको अध्ययनले वायु प्रदूषणले मुटुको चाल अनियमित गराउने, हृदयाघात र पक्षाघातको जोखिम बढाउने औँल्याएको छ।
वायु प्रदूषण बढ्दा मुटुको चाल अनियमित हुने र मुटुसम्बन्धी अन्य समस्या बढ्ने अध्ययनले देखाएको छ।
चिनियाँ अस्पतालमा भर्ना भएका करिब दुई लाख मानिसमा गरिएको अध्ययनले वायु प्रदूषणका कारण मुटुको चाल अनियमित हुने देखाएको हो। मुटुको चालमा अनियमित हुँदा विभिन्न मुटुसम्बन्धी रोग बढ्ने र हृदयाघातबाट मृत्युको जोखिम बढ्ने अध्ययनका क्रममा खुलेको द गार्डियनले लेखेको छ।
अध्ययनमा सहभागी शांघाईको फुदान विश्वविद्यालयका डाक्टर रेन्जी चेन भन्छन्, “अत्यधिक प्रदूषित वायुले सिम्टोम्याटिक एरिथमियाको जोखिम बढाउँछ। प्रदूषित वायुमा निस्किएको केही घण्टामै जोखिम बढ्छ। यसको जोखिम २४ घण्टासम्म कायम रहन्छ।”
चीनका ३२२ वटा शहरका अस्पतालहरूमा मुटुको चाल तथा यससँग सम्बन्धित समस्याका कारण भर्ना भएका १ लाख ९० हजार ११५ बिरामीहरूमा अध्ययन गरिएको थियो। चीनमा वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको हावाको गुणस्तरको मापदण्डभन्दा निकै माथि हुने गरेको छ।
यता, एरेथमियाका चार प्रकारमध्ये सबै बढी प्रभाव नाइट्रोजन डाइअक्साइडको रहन्छ। यद्यपि, वायु प्रदूषणका कारण मानिसमा ठोस रूपमा कुन रोग लाग्छ भन्ने अध्ययनले स्पष्ट रूपमा खुलाएको छैन। तर, यसले अक्सिडेटिभ स्ट्रेस र इन्फ्लेमेसन गराएका केही प्रमाणहरू भने देखिएका छन्। जसले गर्दा मुटुको विद्युतीय गतिविधिलाई प्रभाव पार्न सक्छन्।
बेलायतमा उच्च वायु प्रदूषणका बेला हृदयाघात, पक्षाघात र दमको समस्याका कारण सयौँ मानिस आकस्मिक उपचार गर्न अस्पताल पुगेको यसअघिको अध्ययनले देखाएको थियो। ब्रिटिस हार्ट फाउन्डेसनको सन् २०२० को अध्ययनले आगामी दशकमा १ लाख ६० हजारभन्दा बढी मानिसको वायु प्रदूषणसँग सम्बन्धित समस्याका कारण पक्षाघात तथा हृदयाघातबाट ज्यान गुमाउने अनुमान गरेको छ।
साथै, वायु प्रदूषणले मुटुसम्बन्धी समस्यासँगै फोक्सोको क्यान्सरसहित अन्य थुप्रै स्वास्थ्य जटिलता उत्पन्न गराउने पनि अध्ययनका क्रममा खुलेको छ। क्यानेडियन मेडिकल एसोसिएसन जर्नलमा प्रकाशित सो अध्ययनले प्रदूषण न्यूनीकरणका लागि अभियान चलाउनुपर्नेमा जोड दिएको द गार्डियनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
