काठमाडौं– विभागीय टोली नेपाल एपीएफ क्लब र प्रदेश-१ ले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्। मंगलबार सम्पन्न खेलमा एपीएफ र प्रदेश-१ ले आ-आफ्नो खेलमा जित निकालेका हुन्। मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गरेको हो। जितका लागि ६८ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ११.२ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो। एपीएफको जितमा आसिफ शेख ४२ रनमा अविजित रहे। उनले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यता, प्रदीप ऐरी ३६ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाए। त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २७ ओभरमा अलआउट हुँदै ६७ रन बनायो। सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन बनाए। उनले ६८ बलमा २ चौका प्रहार गरे। सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफका भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए। कमलसिंह ऐरी र मौसम ढकालले २/२ विकेट लिए। किशोर महतो र अमरसिंह राउटेलाले १/१ विकेट लिए। समूह 'ए' मा रहेको एपीएफ लगातार दोस्रो जितसँगै …
काठमाडौं– विभागीय टोली नेपाल एपीएफ क्लब र प्रदेश-१ ले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्। मंगलबार सम्पन्न खेलमा एपीएफ र प्रदेश-१ ले आ-आफ्नो खेलमा जित निकालेका हुन्।
मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गरेको हो। जितका लागि ६८ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ११.२ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो। एपीएफको जितमा आसिफ शेख ४२ रनमा अविजित रहे। उनले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यता, प्रदीप ऐरी ३६ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २७ ओभरमा अलआउट हुँदै ६७ रन बनायो। सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन बनाए। उनले ६८ बलमा २ चौका प्रहार गरे। सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपीएफका भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए। कमलसिंह ऐरी र मौसम ढकालले २/२ विकेट लिए। किशोर महतो र अमरसिंह राउटेलाले १/१ विकेट लिए।
समूह 'ए' मा रहेको एपीएफ लगातार दोस्रो जितसँगै ४ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ। एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराएको थियो। सुदूरपश्चिम गण्डकीसँग ६९ रनले पराजित भएको थियो।
प्रदेश-१ को पहिलो जित
मंगलबार नै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले बागमतीमाथि ६९ रनको सानदार जित हात पारेको छ। जितका लागि ३०५ रनको विशाल विजयी लक्ष्य पछ्याएको बागमती ४५.५ ओभरमा २३५ रनमा अलआउट भयो। बागमतीका नन्दन यादवले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ४८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
तल्लो क्रमका रामनरेश गिरीले २७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए। कप्तान ज्ञानेन्द मल्ल २७ र दुर्गेश थापा २६ रनमा आउट भए।
प्रदेश-१ का श्रवण यादवले ९.५ ओभरमा ३ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए। कप्तान सिद्धान्त लोहनी, फिर्दोस अन्सारी र दीपक जोशीले २/२ विकेट लिए। लव कामतले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश-१ ४९.५ ओभरमा ३०४ रनमा अलआउट भएको थियो। प्रदेश-१ का ओपनर अंकित सुवेदीले सर्वाधिक ११० रनको शतकीय इनिङ्स खेले। उनले १३४ बलमा १२ चौका र १ छक्का प्रहार गरे। उनको यो राष्ट्रिय प्रतियोगितामा पहिलो शतक हो।
कप्तान सिद्धान्त लोहनीले ४० बलमा ३ चौका र ८ छक्कासहित ७२ रनको इनिङ्स खेले। पाँचौं विकेटका लागि सिद्धान्त र अंकितले १०२ रनको विस्फोटक शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए।
विवेक आनन्द मेहेताले ३० रन जोड्दा सोनु अन्सारीले १९ रन बनाए। बागमतीका रामनरेश गिरीले ९.५ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए। नन्दन यादव, सूर्य तामाङ, प्रतिश जिसी र ईशान पाण्डेले १/१ विकेट लिए।
समूह बीमा रहेको बागमती पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १९२ रनले पराजित भएको थियो। प्रदेश-१ पहिलो खेलमा पुलिससँग ७ विकेटले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
