बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको छ।
काठमाडौँ– नेपाल धितोपत्र बोर्डले १६ वटा नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको छ।
बोर्डको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कपनीलाई आशय पत्र दिने निर्णय गरेको हो। बाँकी कम्पनीको पनि अध्ययन भइरहेको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए।
बोर्डका अनुसार हाल आशयपत्र पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबी सेक्यूरिटिज,आरबीबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज छन्।
यस्तै, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकारभैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसए सेक्युरिटिजले पनि आशयपत्र पाएका छन्।
नबिल सेक्युरिटिजले धितोपत्र व्यापारीको काम गर्ने र मेघा स्टक मार्केटले पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि अनुमति मागेकोमा उक्त कार्यका लागि आशयपत्र पाएको हो। अन्यले भने सीमित कार्य गर्ने दलालका रूपमा काम गर्नेछन्।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ अनुसार आशयपत्र पाएका कम्पनीहरूले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्ने छ। बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्ने छ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्नेछ।
बोर्डले निरीक्षण गर्दा धितोपत्र दलाल र धितोपत्र व्यापारीले तयार गरेको पूर्वाधार व्यवसाय सञ्चालनका लागि अपर्याप्त देखिएमा बोर्डले बढीमा ३ महिनाको समय दिन सक्छ।
आशयपत्र पाएका कम्पनीहरू

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
