प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर २०४८ सालयताका भ्रष्टहरूमाथि छानबिन गर्ने दाबी गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०४८ सालयताका सबै भ्रष्टहरूलाई कारबाही गर्ने दाबी गरेका छन्। प्रधानमन्त्री दाहालले पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानबिन गरी २०४८ सालयताका भ्रष्टहरूलाई कारबाही गर्ने बताएका हुन्।
अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, "हाम्रो निर्वाचन घोषणापत्रमा हामी एउटा आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरूको छानबिन शुरू गर्ने भनेका छौँ। म भन्न चाहन्छु–छिट्टै त्यो आयोग बनाउनेतिर मेरो पहलकदमी हुनेछ। र, प्रत्येक भ्रष्टहरूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन जानेछ।"
अहिले सबैभन्दा बढी भ्रष्टहरू नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उनीहरूलाई छानबिन गर्नका लागि तत्काल पहलकदमी लिने बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरू फेरि बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध खडा हुन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए।
प्रधानमन्त्री दाहालले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गरिरहेको दाबीसमेत गरे। उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखी बनाउन आफूले विशेष ध्यान दिएको पनि उल्लेख गरे।
"मैले पार्टी, नेतृत्व र सरकारको प्रधानमन्त्रीको हैसियतले मैले आउने नीति, कार्यक्रम र बजेट श्रमिक जनसमुदायमुखी होस् भन्नेतिर मेरो ध्यान छ," उनले भने, "उत्पादन वृद्धि र रोजगारी सृष्टिमा केन्द्रित होस् भन्ने मेरो ध्यान छ।"
प्रधानमन्त्री दाहालले बहिर्गमित लडाकुहरूलाई २ लाखका दरले राहत दिने निर्णय आफूले नगरेको पनि दोहोर्याए। अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसलाअनुसार आफूले उनीहरूलाई राहत दिन लागे पनि 'स्याल हुइयाँ' मच्चाउन खोजिएको उनको भनाइ थियो। उनले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन बलिदानपूर्ण संघर्ष गर्नेहरूमाथि अपमान गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई सहन गरेर बस्न नहुने पनि पटक पटक दोहोर्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
