सन् १९८५ मा स्थापित फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४औँ ठूलो बैंक थियो। तर, गत मार्चमा सेयरमा ९७ प्रतिशतभन्दा बढी गिरावट आएसँगै बैंकमा वित्तीय संकट देखिएको थियो।
अमेरिकाको सबैभन्दा ठूलो लगानी बैंक जेपी मोर्गन चेस एन्ड कम्पनीले वित्तीय संकटमा रहेको अर्को बैंक फर्स्ट रिपब्लिक बैंकलाई अधिग्रहण गरेको छ।
अमेरिकाको नियामक निकाय डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसन (डीएफपीआई)ले सोमबार विज्ञप्ति जारी गर्दै धराशायी भएको फर्स्ट रिपब्लिकलाई बैंक जेपी मोर्गनले किन्ने निर्णय भएको जानकारी दिएको छ।
एकाएक बैंकको सेयर घटेपछि वित्तीय संकटमा फसेको फर्स्ट रिपब्लिकलाई नियामक निकायले नियन्त्रणमा लिएको थियो। बैंकलाई बचाउने अनेकन् प्रयास विफल भएपछि नियामक निकायले बिक्रीमा लैजाने निर्णय गरेको थियो।
बैंक बचाउन विभिन्न बैंकले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। तर त्यो प्रभावकारी भएन। पछि सिटिजन फाइनान्सियल ग्रुप, पीएनसी फाइनान्सियल सर्भिसेज ग्रुप, यूएस बैंककर्प र बैंक अफ अमेरिकाले फर्स्ट रिपब्लिक बैंक किन्न बोली लगाएका थिए। तीमध्ये धेरै बोली लगाएको जेपी मोर्गनले बैंकलाई सकारेको हो।
बैंकलाई अधिग्रहण गरेपछि अब ८ राज्यमा ८४ वटा शाखा बैंकहरू जेपी मोर्गन चेसका नाममा खुल्नेसमेत बताइएको छ। फर्स्ट बैंकका निक्षेपकर्ताहरू अब जेपीमोर्गनका निक्षेपकर्ता बनेका छन् भने उनीहरूको पैसा सुरक्षित रहेको र चाँडै नै अकाउन्टमा पहुँच दिइने पनि बताइएको छ।
सन् २०२३ को अप्रिल १३ सम्म फर्स्ट रिपब्लिक बैंकको कूल सम्पत्ति करिब २२९.१ बिलियन डलर र कूल जम्मा रकम १०३.९ बिलियन डलर रहेको बताइएको छ।
सन् १९८५ मा स्थापित फर्स्ट रिपब्लिक बैंक अमेरिकाको १४औँ ठूलो बैंक थियो। तर, गत मार्चमा सेयरमा ९७ प्रतिशतभन्दा बढी गिरावट आएसँगै बैंकमा वित्तीय संकट देखिएको थियो। त्यतिबेला बैंकको सेयर मूल्य घटेर प्रतिसेयर ३.५१ भएको थियो।
त्यसअघि अमेरिकाका सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक धराशायी भएका थिए। त्यसको प्रभाव फर्स्ट रिपब्लिकनमा परेको पनि धेरैको अनुमान थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
