युक्रेनमाथिको हमलासँगै फिफाले रुसलाई सम्पूर्ण फुटबल गतिबिधिबाट प्रतिबन्ध लगाएको छ।
काठमाडौं– युक्रेनले फुटबलको सर्वोच्च निकाय फिफासमक्ष इरानलाई कतार विश्वकप २०२२ खेल्नबाट वञ्चित गर्नुपर्ने मागसहित पत्राचार गरेको छ।
युक्रेन फुटबल संघले सोमबार एक विज्ञप्ति जारी गर्दै रूसले युक्रेनमाथि गरेको सैन्य आक्रमणमा इरान पनि सहभागी भएको भन्दै उसलाई विश्वकप खेल्नबाट वञ्चित गर्न आग्रह गरेको हो।
"सञ्चारमाध्यममा आएका प्रतिवेदनअनुसार रूसले युक्रेनमाथि सैन्य हमला गर्दा इरान पनि त्यसमा संलग्न भएको पाइएको छ," संघको विज्ञप्तिमा भनिएको छ, "इरानमा पनि मानव अधिकार उल्लंघनको घटना भइरहेको छ। जुन फिफाको मूल्य र मान्यताविपरीत छ। त्यसैले हामी इरानलाई कतार विश्वकप २०२२ खेल्नबाट रोकियोस् भन्ने चाहन्छौँ।"
गत फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाही गर्न आदेश दिएसँगै रुसी सेनाले युक्रेनमाथि हमला शुरू गरेको थियो। युक्रेनमाथिको हमलासँगै फिफाले रुसलाई सम्पूर्ण फुटबल गतिबिधिबाट प्रतिबन्ध लगाएको छ।
युक्रेनले कतार विश्वकपको छनोटको प्लेअफसम्मको यात्रा तय गरेको थियो। युक्रेनले विश्वकप छनोटका लागि पाँचौँपटक खेले पनि प्लेअफ पार गर्दै अघिल्लो चरण प्रवेश गरेको यो पहिलो पटक थियो।
तर, प्लेअफमा वेल्ससँग १० गोलअन्तरले पराजित भएसँगै युक्रेनको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो। खेलको ३४औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलको फ्रि–किक क्लियर गर्ने क्रममा आन्द्रेई यार्मोलेनले आत्मघाती गोल गरेका थिए।
इरानले नोभेम्बर २१ मा इङ्ल्यान्डविरुद्धको खेलसँगै विश्वकप यात्राको शुरूआत गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
