बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ।
धादिङ– सडक भासिएपछि अवरुद्ध पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड खुलाउन नेपाली सेना परिचालन गरिएको छ।
धुनीबेसी–६ स्थित गणेश खोला पुलको मुखमा सडक भासिएपछि उक्त सडक सोमबारदेखि अवरुद्ध भएको हो। सडक खुलाउन सैनिक इन्जिनियरको टोली खटिएको छ।
टोलीले १० फिट तलबाट ‘ग्याविन वाल’ लगाएर माटो तथा ढुंगा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। सेनाले रातभर नै वाल लगाउने कार्य गरेको थियो।
मंगलबार बिहानदेखि थप फौज परिचालन भएको उनको भनाइ छ। बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ।
सोमबार दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
