एन्फाले पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
एन्फाले मंगलबार मैत्रीपूर्णका खेलका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको हो।
कार्यवाहक वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको कार्यसमितिको उपलब्ध सदस्यहरूको बैठकले पाकिस्तानसँग एक मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको थियो।
पाकिस्तानले यही नोभेम्बर १४ देखि २८ को बीचमा दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गर्न चाहेको भन्दै एन्फासमक्ष प्रस्ताव गरेको थियो। सोमबार बसेको बैठकबाट पाकिस्तानले प्रस्ताव गरेको समयमा नेपालमा आमनिर्वाचन पर्ने भएकाले एक खेल मात्र खेल्न सकिने निर्णय गरेको थियो।
मंगलबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र प्रदान गरेका थिए। कटुवालको प्रशिक्षणमा मछिन्द्र फुटबल क्लबले ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो।
नेपालले नोभेम्बर १६ मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ।
लामो समय फुटबलको सर्वोच्च निकाए फिफाको प्रतिबन्ध झेलेको पाकिस्तानले सन् २०१८ मा बंगलादेशको ढाकामा सम्पन्न साफ च्याम्पियनसिपपछि कुनै खेल खेलेको छैन।
प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानले दुई महिनाअघि खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गरिरहेको छ। नेपालले गत महिना प्रदीप हुमागाईंको प्रशिक्षकत्वमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो।
दशरथ रंगशालामा भएको उक्त खेलमा नेपाल ३-१ ले विजयी भएको थियो। अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि नेपाली राष्ट्रिय फुटबल टोली नियमित मुख्य प्रशिक्षकविहीन रहँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
