नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्नमा राईको मुख्य भूमिका रहेको प्रहरीको भनाइ छ।
काठमाडौँ– तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।
राईलाई ललितपुरको थेचुबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्नमा उनको मुख्य भूमिका रहेको भन्दै अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।
एमाले उपाध्यक्ष बादल गृहमन्त्री रहँदा उनी २०७४ फागुनदेखि २०७८ असारसम्म सुरक्षा सल्लाहकारका थिए। यसअघि पक्राउ परेका व्यक्तिको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो।
राईले गृह मन्त्रालयमा हुँदा नीतिगत निर्णय गराउनेदेखि नक्कली शरणार्थी बनाएर ५० लाख रुपैयाँसम्म असुल्न सघाएका थिए। पीडितबाट रकम असुल्ने व्यक्तिले राईलाई रकम बुझाएको समेत बयान दिएका छन्।
यसअघि यही घटनामा एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलालसहित सागर थुलुङ, टंक गुरुङ र सन्देश शर्मा पक्राउ परिसकेका छन्।
“हामीले राईलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएका छौं,” एसएसपी कार्कीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
