मृतक रुसी सैनिकमध्ये आधाजसो रुस समर्थित वाग्नर मर्सिनरी कम्पनीका सदस्य हुन्। हाल दुवै देशका लागि सांकेतिक महत्वको बाख्मुतमा नियन्त्रण कायम गर्न भिडन्त जारी छ।
युक्रेनसँगको युद्धका क्रममा सन् २०२२ डिसेम्बरयता २० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भएको अमेरिकाले दाबी गरेको छ। थप ८० हजार सैनिक घाइते भएको अमेरिकी राष्ट्रिय सुरक्षा आयोगका प्रवक्ता जोन कर्बीले जनाएका छन्। मृतक रुसी सैनिकमध्ये आधाजसो रुस समर्थित वाग्नर मर्सिनरी कम्पनीका सदस्य हुन्।
उनीहरूले युक्रेनको पूर्वी बाख्मुत शहरमा आक्रमण गरिरहेका छन्। हाल बाख्मुतको अधिकांश क्षेत्र रुसको नियन्त्रणमा छ भने पश्चिमतर्फको सानो क्षेत्र युक्रेनको कब्जामा छ। दुवै देशका लागि सांकेतिक महत्वको बाख्मुतमा नियन्त्रण कायम गर्न भिडन्त जारी छ।

युक्रेनले त्यस क्षेत्रका धेरै भन्दा धेरै रुसी सैनिकलाई मार्न र उनीहरूको हतियार भण्डार रित्याउने प्रयास गरिरहेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा आयोगका प्रवक्ता कर्बी भन्छन्, “बाख्मुत शहर हुँदै डनबासमा आक्रमण गर्ने रुसी योजना विफल भएको छ। कुनै महत्त्वपूर्ण भूमि कब्जा गर्न र वास्तविक रणनीति प्रस्तुत गर्न रुस असमर्थ देखिएको छ।”
यो संख्या सन् २०२२ डिसेम्बर शुरूआतको भएको अमेरिकी तथ्यांक छ। “महिनौँसम्मको युद्ध र असाधारण हारपश्चात् रुसी आक्रमण प्रयास विफल भएको छ,” कर्बीले भने। यसैबीच, एक युक्रेनी वरिष्ठ सैन्य अधिकृतले बाख्मुतका केही स्थानबाट रुसी बललाई हटाएको तर स्थिति अझै पनि जटिल रहेको बताएका छन्।
साथै, शत्रु बाख्मुत शहर नियन्त्रण गर्न असफल भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
