सगरमाथा आरोहणमा गएका अमेरिकी नागरिक जोनाथन सुगरम्यानको दोस्रो शिविरमा मृत्यु भएको छ।
काठमाडौँ– सगरमाथा आरोहणका क्रममा एक जना अमेरिकी नागरिकको मृत्यु भएको छ।
पर्यटन विभागका अधिकृत विज्ञान कोइरालाका अनुसार ब्यूल एड्भेन्चरबाट सगरमाथा आरोहणका लागि गएका ६९ वर्षीय जोनाथन सुगरम्यान सोमबार राति मृत्यु भएको हो। सगरमाथाको दोस्रो शिविरमा उनको मृत्यु भएको हो।
मेडिकल डाक्टरसमेत रहेका जोनाथनको अचानक स्वास्थ्यमा समस्या देखिएको थियो।
गत वर्ष उनले सगरमाथाको तेस्रो शिविरबाट आफ्नो आरोहण स्थगित गरेका थिए। उनले लुबुचे लगायतका हिमालको आरोहण गरेका थिए।
उनको शव ल्याउने तयारी भए पनि मौसममा आएको खराबीका कारण कठिनाइ भइरहेको कोइरालाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
